१३ वैशाख २०८१, बिहिवार

काँकरभिट्टामा भेट्रान फुटबल

बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा

२९ फागुन २०७९, सोमवार
Image

मेचीनगर, २९ फागुन । विराट भेट्रान फुटबल क्लब मोरङलाई टाइब्रेकरमा पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिर्तामोड क्लब काँकरभिट्टा माविको खेल मैदानमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा विराटलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै बिर्तामोड अन्तिम चारमा प्रवेश गरेको छ । 

अत्यन्तै रोमाञ्चक भएको खेलमा निर्धारित समयमा बिर्तामोड र विराटका खेलाडीले कुनैपनि गोल गर्न सकेनन् । दुवै टिमले पाएका थुप्रै अवसरहरु गुमाउँदै निर्धारित समय बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा बिर्तामोड विजयी भयो ।

बिर्तामोडको तर्फबाट सन्तोष बस्नेत, मित्र बस्नेत, रमेश गुरुङ र प्रेम लिम्बुले गोल गरे । विराटको तर्फबाट सुनिलकुमार सुवेदी, डेनिम राई र विनोद धिमालले गोल गरे भने सञ्जीव बुढाथोकी र योगेन्द्र राईको प्रहार बिर्तामोडका गोल किपर किरण बडुवाले बिफल बनाईदिए ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल किप्पर किरण बडुवा घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा) र पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठले संयुक्त रुपमा नगदसहित ट्रफि प्रदान गरे ।

मंगलबार हुने दोस्रो क्वाटरफाइनल खेल धरान भेट्रान फुटबल क्लब सुनसरी र मिलन मोर सिलगुढी, भारतबीच हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर वस्नेत(सुन्दर)ले बताए ।