११ वैशाख २०८१, मङ्गलवार

काँकरभिट्टामा भेट्रान फुटबल

मिलन मोर सिलीगुडी अन्तिम चारमा

३० फागुन २०७९, मङ्गलवार
Image

मेचीनगर, ३० फागुन । धरान भेट्रान फुटबल क्लब सुनसरीलाई हराउँदै भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलीगुडी सेमिफाइनलमा प्रवेश गरेको छ । 

काँकरभिट्टामा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सिलीगुडी सेमिफाइनलमा प्रवेश गरेको हो । 

काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लब सुनसरीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलीगुडी अन्तिम चारमा प्रवेश गरेको छ । 

अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टिमका खेलाडीले गोल गर्न सकेनन् । थुप्रै अवसरहरु सदुपयोग गर्न नसक्दा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । जसमा धरानलाई पाखा लगाउँदै सिलीगुडी अघिल्लो चरण प्रवेश गर्यो । 

जितको लागि टाइब्रेकरमा सिलीगुडीको तर्फबाट किरण बर्रा, रञ्जन कयेर, विक्रम थापा र बासु दासले गोल गरे । 

यता धरान भेट्रानको तर्फबाट बिष्णु सुनार र सुजित राईले गोल गरे भने, सुभास लिम्बु र चन्द्रिका प्रसाद चौधरीले गोल गर्न सकेनन् । 

खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल किप्पर उत्तम दास घोषित भए । उनलाई झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालजित राई र गोर्खा फाउण्डेशनका महासचिव जगत गुरुङले  संयुक्त रुपमा नगद ३ हजारसहित ट्रफि प्रदान गरे ।     

बुधवार हुने तेस्रो क्वाटरफाइनल खेल सौभाग्य फुटबल क्लब बुटवल र इष्ट कोलकाता भेट्रान क्लब भारतबीच हुने आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर वस्नेत (सुन्दर)ले बताए ।