१२ साउन २०८१, शनिवार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत २०७९, शुक्रवार
Image

झापा, ३ चैत । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका हुन् । 

उनले संघीय सांसद १८४ र प्रदेश सभाका ३२९ को मत पाए ।

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेश सभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो ।

यता जनमत पार्टीकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् ।

निर्वाचित भएका यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले समर्थन गरेका थिए ।