१२ साउन २०८१, शनिवार

घेदुङको झापा अध्यक्षमा जगत

५ चैत २०७९, आइतवार
Image

मेचीनगर, ५ चैत । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति झापाको अध्यक्षमा मेचीनगरका जगतबहादुर तामाङ सर्वसम्मत चयन भएका छन् । 

संस्थाको बिर्तामोडमा भएको सातौँ झापा जिल्ला अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

धुलाबारी निवासी तामाङ हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल पनि हुन् । कार्यसमितिको उपाध्यक्षद्वयमा बिर्तामोडकी फूलमाया मोक्तान तामाङ र दमककी सरिता घिसिङ तामाङ चयन भएका छन् । 

सचिवमा भद्रपुरका मानबहादुर तामाङ, सहसचिवमा बिर्तामोडका सूर्यमान पाख्रिङ र कोषाध्यक्षमा अर्जुनधाराकी पम्फादेवी तामाङ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा कनकाईका चेतराज योञ्जन, मेचीनगरका विशाल घिसिङ तामाङ, बुद्धशान्तिका मानबहादुर ग्लान, भद्रपुरका बमबहादुर तामाङ, मेचीनगरका पेम्बा गोले, भद्रपुरकी इन्द्रमाया तामाङ र बिर्तामोडकी सुनिता गोले चयन भएका छन् ।

त्यसैगरी, महिला सदस्यहरुमा कनकाईकी मनमाया ग्यावाक, बिर्तामोडकी निशा मोक्ताङ तामाङ, बिर्तामोडकी छ्योमाया तामाङ, भद्रपुरकी कृष्णकुमारी तामाङ र शिवसताक्षीकी राजकुमारी तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । 

संस्थाका अध्यक्ष काजीमान घिसिङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघीय सहअध्यक्ष कुमारसिंह घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष रामकुमारी तामाङले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय बरिष्ठ उपाध्यक्ष रामकृष्ण ग्लोन तामाङ, संघीय सदस्य तथा झापा इञ्चार्ज पदमबहादुर ग्यावक, पूर्व केन्द्रीय सदस्य बिना तामाङ, प्रदेश मुख्य सचिव तिलक पाख्रिन, भद्रपुर नगर अध्यक्ष वसन्त तामाङ, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाको गतिविधिमा सक्रिय सहभागिता जनाउने तथा तामाङ भाषा, संस्कार, संस्कृति जगेर्ना गरेको भन्दै बिर्तामोड, मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिको समितिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । अन्य ११ वटा पालिकाका समितिलाई मायाको चिनो प्रदान गरिएको थियो । 

कार्यक्रमको सञ्चालन संस्थाका झापा जिल्ला सचिव चन्द्र डुम्जन र सहसचिव सोमबहादुर तामाङले गरेका थिए ।