१२ साउन २०८१, शनिवार

अहिले भर्खरै

नतिजा घोषणा नहुँदै मेची क्याम्पसमा तनाव

६ चैत २०७९, सोमवार
Image

झापा, ६ चैत । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मतगणनालाई लिएर मेची बहुमुखी क्याम्पसमा तनाव उत्पन्न भएको छ ।

हिजो भएको निर्वाचनको मतगणना भइसकेको र परिणामलाई लिएर प्रतिष्पर्धी विद्यार्थी संगठनबीच विवाद भएको छ ।

सदस्यमा दुई उम्मेद्वारको मत बराबर भएका कारण कसलाई बिजयी घोषणा गर्ने भन्ने विषयमा विवाद भएको एक विद्यार्थी नेताले बताउनुभयो ।

मतगणना गर्ने विषयमा सबै पक्षमा सहमति भएको थियो । तर अन्तिम परिणाम आउने बेलामा विवाद भएको हो ।

स्रोतका अनुसार क्याम्पसको स्ववियू अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेद्वार सन्देश धमला बिजयी भएका छन् ।

उहाँले ९६० मत र उहाँको प्रतिष्पर्धी नेपाल विद्यार्थी संघका किशोर ढुंगानाले ८३० मत प्राप्त गर्नुभएको छ ।

सचिवमा अनेरास्ववियुकै बिदन राई १०२३ बिजयी हुनुभएको छ भने कोषाध्यक्षमा नेविसंघकी निलम कार्कीले ११५८ मत मत प्राप्त गरी विजयी हुनुभएको बताइएको छ । 

सदस्यमा अनेरास्ववियुका उदेश्य भण्डारी र अनुषा भण्डारी बिजयी हुनुभएको छ भने  नेविसंघका विवेक ढकाल, सौरभ ओस्ती, विवेक तामाङ, वर्षा एक्तेन र प्रतिक शाह रौनियार विजयी हुनुभएको छ । 

निर्वाचन समितिले अन्तिम मत परिणामको विज्ञप्ति प्रकाशित गर्ने तयारी गरिरहेको बुझिएको छ ।

(विवादको विषय बारेमा यस अघि प्रकाशित विवरण सच्याइएको छ । -सम्पादक)