१२ साउन २०८१, शनिवार

मेची सामुदायिक चुनाव

अध्यक्षमा बिना तामाङ कांग्रेसको आधिकारिक उम्मेदवार

६ चैत २०७९, सोमवार
Image

काँकरभिट्टा, ६ चैत । नेपाली काँग्रेस मेचीनगरले मेची सामुदायिकसेवा केन्द्रको भोलि हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार बिना तामाङ भएको स्पष्ट पारेको छ । 

आज काँग्रेस मेचीनगरका सभापति सुदयकुमार पनेरुले एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष पदमा तामाङ र सचिव पदमा अर्जुन राई आधिकारिक उम्मेदवार भएको उल्लेख गरेको हो ।

केन्द्रको मंगलबार हुने मतदानका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर संयुक्त रुपमा अध्यक्षमा तामाङको उम्मेदवारी दर्ता गरेका थिए । 

केन्द्रको उपाध्यक्ष र महासचिव तथा सदस्य पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको छ भने अध्यक्ष र सचिव पदमा मात्र चुनाव हुँदैछ । 

अध्यक्ष पदकी उम्मेदवार तामाङ केन्द्रको यसअघि बरिष्ठ उपाध्यक्ष समेत थिइन् ।

केन्द्रका ५१० जना सदस्य मतदानमा सहभाग िहुन पाउने निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले जानकारी दिए ।