१२ साउन २०८१, शनिवार

मेची सामुदायिक निर्वाचन

कांग्रेस, एमाले र माओबादी विपक्षमा उभिदा पनि पौडेल बिजयी

७ चैत २०७९, मङ्गलवार
Image

मेचीनगर, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पत्रकार मुक्ति पौडेल निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा उहाँले अध्यक्षकी प्रतिष्पर्धी बिना तामाङलाई १०२ मतान्तरले पराजित गर्नुभयो ।

जनसंसद् दैनिकका सम्पादक पौडेल सामाजिक सेवाको क्षेत्रमा समेत उत्तिकै क्रियाशील हुनुहुन्छ । 

निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेका अनुसार अध्यक्षमा बिजयी पौडेलले २२१ मत पाउनुभयो भने उपबिजयी तामाङले ११९ मत पाउनुभयो ।

यसैगरी, सचिव पदमा अर्जुन राई २१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी घनश्याम लामिछानेले १३२ मत पाउनुभयो ।

केन्द्रको निर्वाचनमा ५१० मतदाता थिए । जसमध्ये ३४३ मत खसेको थियो भने ३ मत बदर भएको थियो ।

महासचिव लगायतका अन्य पदमा पहिल्यै सर्वसम्मत निर्वाचन भइसकेको छ । अध्यक्ष पदमा पौडेल र तामाङबीच प्रतिष्पर्धा हुँदा नेपाली कांग्रेस मेचीनगरले तामाङलाई पार्टीको आधिकारिक उम्मेद्वार घोषणा गरेको थियो ।

पौडेलले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराउनु भएको थियो । तामाङलाई नेकपा एमाले र नेकपा माओबादी केन्द्रले समेत समर्थन जनाएका थिए ।

सबै दल एकातिर उभिदा समेत स्वतन्त्र उम्मेद्वार पौडेलको जितलाई सामाजिक र राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।