१२ साउन २०८१, शनिवार

मजदुर संघको झापा अध्यक्षमा यादव ओली

७ चैत २०७९, मङ्गलवार
Image

झापा, ७ चैत । नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको अध्यक्षमा यादव ओली सर्वसम्मत चयन भएका छन् ।

संघको गत माघ २९ गते ७ औं जिल्ला अधिवेशन भएको थियो । तर बन्दसत्र हुन सकेको थिएन । रोकिएको संघको आज बिर्तामोड स्थित नेपाली कांग्रेसको पाटी कार्यालयमा भएको बन्द सत्रबाट अध्यक्षमा ओली सर्वसम्मत चयन भएका हुन् ।

संघको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला उपाध्यक्षमा बिष्णु लुईटेल शिवाकोटी, सचिवमा देवनारायण ढुंगाना, सहसचिवमा विशाल तामाङ मोक्तान र कोषाध्यक्षमा प्रेम श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै संघको सदस्यमा गोविन्द तामाङ, कमल राई, तुलसीप्रसाद दाहाल, इन्द्र श्रेष्ठ चयन भएका छन् । एक जना सदस्य काँकरभिट्टा इकाइबाट थपिने बताइएको छ । त्यस्तै ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको बताइएको छ ।

कार्यक्रममा ट्रेड यूनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल यातायात मजदुर संघ कोशी प्रदेश अध्यक्ष पूर्ण प्रधान, केन्द्रीय उपाध्यक्ष हरि थापा, नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय अध्यक्ष दिपक तामाङ, संघको निवर्तमान अध्यक्ष गान्धीप्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ट्रेड यूनियन कांग्रेससँग ५५० जना यातायात मजदुर संघमा आबद्ध रहेको जनाएको छ ।  

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ओलीले आफ्नो कार्यकालमा यातायात मजदुरको हक, हित र अधिकारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।