१४ वैशाख २०८१, शुक्रवार

स्वर्णलक्ष्मीको स्थापना दिवसमा स्कुल ब्याग वितरण र आँखा शिविर

७ चैत २०७९, मङ्गलवार
Image

झिलझिले, ७ चैत । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी वडा नं. ८ स्थित झिलझिले माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ । 

स्वर्णलक्ष्मी साकोस सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका  २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो ।  

सहकारीले आज सदस्यहरुलाई सहकारी शिक्षा समेत गराएको छ । सहकारीको व्यवस्थापक कमल कुमार घिमिरेले सहकारीले हालसम्म गरेको वित्तीय कारोबारका विषयमा प्रष्ट पारेका थिए । उनले स्वर्ण लक्ष्मी साकोस वित्तीय कारोबारमा चुस्त र दुरुस्त रुपमा सदस्यको भावनालाई कदर गर्दै कारोबार गरेकाले बजारमा चलेको हल्लाको पछाडी नलाग्न समेत सुझाए । उनले सहकारी संस्था प्रति सदस्यको गुनासाहरु भए सुनाउन समेत आग्रह गरे । 

सदस्य शिक्षामा सहकारीको हालसम्म ११ करोड ४३ लाख  ६८ हजार  १०० शेयर पुँजी रहेको जानकारी गराइएको थियो । स्वर्ण लक्ष्मीमा ६२ करोड ८६  लाख १५ हजार ३११ बचत निक्षेप गरिएको छ भने,९८ करोड १३ लाख १० हजार ८३९ ऋण लगानी भएको जानकारी गराइएको थियो । 

कार्यक्रममा झिलझिले सेवा केन्द्रका सक्रिय रुपमा कारोबार गर्ने ४ लक्ष्मी सम्वाहाम्फे, बलराम थपलिया, सूर्यकुमारी राजवंशी र श्याम कुमारी सुब्बालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । 

त्यस्तै सहकारीले आजै निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । स्थापन दिवसकै अवसरमा सेवा केन्द्र झिलझिले मै निशुल्क आँखा शिविर सञ्चालन गरेको हो । आँखा शिविरमा विर्ताज्योति आँखा अस्पताल दमकका डा. मोती बरालको टोलीले सहजीकरण गरेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । 

कार्यक्रम बोल्दै शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले हिजो सहकारीले हामी प्रति गरेको योगदान नभुल्न आग्रह गरे । उनले कतिपय सहकारीहरुले बैमान गरेका छन् तर त्यसो हो भन्दैमा सबै सहकारीलाई एकै नजरले हेर्न नहुने बताए । 

त्यस्तै शिवसताक्षी नरपालिकाका वडा नं. ८ अध्यक्ष सन्त फेउदिनले वित्तीय कारोबार चुस्त र दुरुस्त  बनाउन सदस्यहरु पनि सक्रिय हुनु पर्ने धारणा राखे । सहकारीमा सहदस्यहरुको पनि उत्तिकै जिम्मेवार हुन्छन् । उनले भने, सहकारी र सदस्य परिपुरक भएर कारोबार गर्ने हो भने, सहकारीले मानिसको घरबार बेहाल पार्ने होइन् मानिसको घरबार जोड्ने हैसियत बनाउने बताए । 

झापाको दमकमा केन्द्रिय कार्यालय भएको स्वर्ण लक्ष्मी साकोसको हाल  झिलझिले, सुरुङ्गा, गौरादह र उर्लाबारीमा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन् ।