२६ वैशाख २०८१, बुधवार

उद्योग बाणिज्य महासंघ कोशीको अध्यक्षमा राजेन्द्र

९ चैत २०७९, बिहिवार
Image

विर्तामोड, ९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत चयन हुनुभएको छ । 

विर्तामोडमा आज भएको पाँचौ साधारणसभाले उहाँलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

महासंघको उपाध्यक्षमा कुमारणि पोखरेल, भीमबहादुर पौडेल र कोषाध्यक्षमा सुवास आचार्य चयन हुनुभएको छ ।

संघको जिल्ला नगर सदस्यहरुमा ध्रुवलाल श्रेष्ठ, वीरन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी र ऋषिराज तिम्सिना चयन हुनुभएको छ भने वस्तुगत सदस्यमा राजन श्रेष्ठ र दिपक पाण्डे तथा एसोसिएट्स सदस्यमा रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल चयन हुनुभएको छ ।

महासंघमा ३७ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य रहेका छन ।