१५ चैत २०८०, बिहिवार

स्ववियु चुनाव

नेविसंघका अध्यक्ष तामाङको अग्रता

१० चैत २०७९, शुक्रवार
Image

मेचीनगर, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघका अध्यक्ष विशाल तामाङले अग्रता लिएका छन् ।

आज राति १० वजेर २० मिनेटको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस निकट नेविसंघका अध्यक्ष तामाङले अग्रता लिएका हुन् । उनले २०० मत गणना हुँदा १४५ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्वावियुका अध्यक्ष रोशन भुजेलले ३१ मत र अनेरास्वावियूका (एस)का अध्यक्ष विनम सरदारले ११६ मत ल्याएका छन् ।

त्यस्तै सचिव पदमा अनेरास्वावियू (एस)का सुरज राजबंशीले ९१, अनेरास्ववियुका सन्देश पौडेलले ९२ र नेविसंघका सुबास खत्रीले १०२ मत ल्याएका छन् ।

कोषाध्यक्ष पदमा अनेरास्वावियू (एस)की अनुषा अर्यालले १००, अनेरास्ववियुका प्रतिमा रिजालले ९१ र नेविसंघकी निषा धमलाले ९१ मत प्राप्त गरेकी छन् ।

यस्तै नेविसंघका सदस्यहरु रिया ढुंगानाले १२४, सुरज राई १४४, बरदान खड्काले १०६, अन्कित चौलगाईले १०७ र सुरज चिमरियाले १२३ मत ल्याएका छन् ।

अनेरास्ववियुका सदस्यहरु पुजा चुडालले ५२, प्रतिक्छ्या पराजुलीले ६३, दिपेश नेपालले ८४, सौजन अधिकारीले ७८ र बिरु मेचेले ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी अनेरास्वावियू (एस)का सदस्यहरुले प्रज्ञा प्रधानले ८८, शैलेश निरौलाले ७१, बिजय लुईटेलले ९१, लिलम शिवाकोटीले ७२ र प्रवेश काफ्लेले ७७ मत ल्याएको निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुईटेलले जानकारी दिए ।

यस्तै समानुपातिकतर्फ जम्मा ५०५ मत गणना हुँदा नेविसंघको २१७, अनेरास्ववियु (एमाले) को ११६, अनेरास्ववियू (एस)को ११०, राप्रविसंघ ३० र अनेरास्ववियु (क्रान्तिकारी) को २६ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ ।