१२ वैशाख २०८१, बुधवार

काँकरभिट्टा क्याम्पसमा चुनाव

स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित

११ चैत २०७९, शनिवार
Image

मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् ।

शुक्रबार राति १२ वजे सम्पन्न मत परिणाम अनुसार सभापतिमा तामाङले २५० मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धीहरु अनेरास्ववियू (एस)का सभापतिका उम्मेदवार विनम सरदारले १९० र अनेरास्ववियु (एमाले)का रोशन भुजेलले ४८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले बताए ।

त्यस्तै सचिव पदमा नेविसंघका उम्मेदवार सुवास खत्रीले १८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु अनेरास्वावियू (एस) का सुरज राजबंशीले १६९ र अनेरास्ववियु (एमाले) का सन्देश पौडेलले १३५ मत ल्याएका छन् ।

कोषाध्यक्ष पदमा अनेरास्वावियू (एस)की अनुषा अर्यालले १६९ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धीहरु अनेरास्ववियु (एमाले) की प्रतिमा रिजालले १४६ र नेविसंघकी निषा धमलाले १३५ मत मात्र प्राप्त गरेकी छन् ।

यस्तै सदस्य पदमा नेविसंघका उम्मेदवारहरु निर्वाचित भएका छन् । नेविसंघका रिया ढुंगानाले २०७, सुरज राई २४५, बरदान खड्काले १८१, अन्कित चौलगाईले १८५ र सुरज चिमरियाले २१७ मत ल्याएर विजय िभएको निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुईटेलले जानकारी दिए ।

सदस्यमा अनेरास्ववियु (एमाले) का पुजा चुडालले ७५, प्रतिक्छ्या पराजुलीले ९१, दिपेश नेपालले १२९, सौजन अधिकारीले ११८ र बिरु मेचेले ९९ मत प्राप्त गरेका छन् ।

यसैगरी सदस्यमा अनेरास्वावियू (एस)का प्रज्ञा प्रधानले १५५, शैलेश निरौलाले १३०, बिजय लुईटेलले १६२, लिलम शिवाकोटीले १२३ र प्रवेश काफ्लेले १३ मत ल्याएको निर्वाचन समितिका सदस्य लुईटेलले बताए ।

यस्तै समानुपातिकतर्फ जम्मा ५०५ मत गणना हुँदा नेविसंघको २१७, अनेरास्ववियु (एमाले) को ११६, अनेरास्ववियू (एस)को ११०, राप्रविसंघ ३० र अनेरास्ववियु (क्रान्तिकारी) को २६ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ ।