१ असोज २०८१, मङ्गलवार

जथाभावी फोटो, भिडियो नखिच्न प्रादेशिक अस्पतालको आग्रह

११ चैत २०७९, शनिवार
Image

भद्रपुुर, ११ चैत । प्रादेशिक अस्पताल भद्रपुरसँग सम्बन्धित गतिविधिको फोटो तथा भिडियो खिच्न अस्पताल प्रशासनसँग पूर्व स्वीकृति लिनुपर्ने भएको छ । 

अस्पतालले सूचना नै जारी गरेर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा जथाभावी फोटो खिची सम्प्रेषण गर्दा विरामी तथा उपचारमा संलग्न स्वाथ्यकर्मी, चिकित्सकहरुमा नकारात्मक असर परी मानसिक तनाव उत्पन्न भई सेवामा असर पर्ने कारण जनाउँदै पूर्व स्वीकृति दिइनु पर्ने जनाएको हो ।

अस्पताल प्रशासनले पूर्व  स्वीकृत नलिई कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्जाल, यूवट्यूब तथा अन्य क्षेत्रमा प्रकाशन तथा प्रसारण गरेमा प्रचलित कानुन अनुसार कारवाही गरिने चार दिन अघि प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।