१२ साउन २०८१, शनिवार

हातेमालो वनको मतदान सकियो, मतगणनाको तयारी

११ चैत २०७९, शनिवार
Image

चारआली, ११ चैत । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ ।

आज चारआली स्थित शहिद दशरथ माविमा विहान ७ वजेदेखि जारी रहेको मतदानमा अपरान्ह ५ बजेसम्म मतदान सम्पन्न भएको निर्वाचन समिति सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । 

निर्वाचनमा १ हजार मतदाताले मतदान गरेका छन् । मेचीनगर–१३ का कृष्णकुमार श्रेष्ठको नाम नै मतदान पुस्तिकामा नहुँदा अधिकारबाट बन्चित भएको गुनासो गरे । श्रेष्ठले वनको सदस्य नविकरण गरेपनि कर्मचारीले रसिदमा कार्वन नराखी नविकरण गर्दा सदस्यको अभिलेख छुटेर गल्ती भएको वनको पदाधिकारीको भनाई छ । सदस्य नवीकरणका लागि १ सय रुपैयाँ बुझाउनुपर्छ । 

श्रेष्ठ जस्तै २० जना भन्दा बढीको मतदान पुस्तिकामा छुटेको हुनसक्ने निर्वाचन आयोगका सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । उनका अनुसार दावी–विरोधको समयमा ८ जनाले प्रमाणसहित निवेदन दिएपछि सदर गरेको र अन्यको उक्त समयमा दावी नपरेको र वन नेतृत्वको कमजोरीका कारण २० जनाले मतदान गर्न पाउने अधिकारबाट वन्चित भएको सदस्य प्याकुरेलको भनाई छ ।

श्रीमान् वनको सदस्य र उत्तराधिकारीको रुपमा श्रीमतिको मतदान गर्न पाउने वनको नियम छ ।  प्रगतिशिल समुहले आफ्नो प्यानलको सदस्यमा लीलादेवी कार्कीलाई उम्मेदवार उठाएको थियो । उम्मेदवार कार्की स्वयमले मतदान पुस्तिकामा आफ्नो नाम नभएको पाएपछि उक्त बिषय बाहिर आएको थियो । 

उत्तराधिकारीलाई उम्मेदवार घोषणापछि मात्रै सर्वदलीय छ्लफलले सदस्यले मात्रै उम्मेदवार र मतदान गर्न पाउने सहमति गरेपछि कार्कीको उम्मेदवारी नै अन्योलमा परेको छ । 

वन समितिको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त प्यानलले वन समितिका वर्तमान अध्यक्ष चन्द्रप्रसाद सिग्देलको नेतृत्वमा उम्मेद्वार मैदानमा उतारेको छ । नेकपा एमालेले भोजराज पराजुलीलाई अध्यक्षको उम्मेद्वार बनाएर प्यानल नै चुनावी मैदानमा उतारेको छ ।

एक हजार एक सय ६४ मतदाता रहेकोको भएपनि १ हजार जनाले मतदान गरेको निर्वाचन समिति सदस्य मोहन अधिकारीले जानकारी दिए । उनका अनुसार अब केहि समयपछि मतगणना गरिने छ ।