१ असोज २०८१, मङ्गलवार

शिक्षक संघको कोशी अध्यक्षमा चौलागाई निर्वाचित

११ चैत २०७९, शनिवार
Image

झापा, ११ चैत । नेपाल शिक्षक संघको कोशी प्रदेश अध्यक्षमा झापाका तेजप्रसाद चौलागाई निर्वाचित हुनुभएको छ ।

बिराटनगरमा शुक्रवार संघको निर्वाचन भएको थियो । अध्यक्षका उम्मेद्वार धुलाबारी माविका सहायक प्रधानाध्यापक चौलागाई १९० मत प्राप्त गरी विजयी हुनुभएको थियो । 

अध्यक्षका प्रतिष्पर्धी धनकुटाका गंगाराम ढुंगानाले १५६ मत मात्र प्राप्त गर्नु भएको थियो ।

संघको महासचिवमा मात्रिका प्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सुरेशकुमार चौधरी र महिला उपाध्यक्षमा राजकुमारी भण्डारी बिजयी हुनुभएको थियो ।

कूल ४३८ मतदाता रहेको संघको चुनावमा ३४८ मत खसेको थियो ।