१ असोज २०८१, मङ्गलवार

पाउ पाथीभरा धाममा भक्तजनहरुको घुइँचो

१२ चैत २०७९, आइतवार
Image

चारआली, १२ चैत । मेचीनगर–१३, चारआली स्थित पाउ पाथीभरा धाममा सुरु भएकोे भागवत पुराणमा भक्तजनहरुकोे घुइँचो बढेको छ । 

यही चैत ८ गतेदेखि सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुनेछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्वमा पुराण भव्यरुपमा भइरहेको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको पुराणमा पाथिभरा माताको मन्दिरमा हरेक दिन भक्तजनहरुको घुइँचोे बढेको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताए ।

पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिँदै आएको छ । करिव ४० हजार भन्दा बढी भक्तजनहरु आउने अपेक्षा गरिएको छ । शनिवार मात्रै १५ हजार भन्दा बढी भक्तजनहरुले पुराणमा सहभागी भएको अध्यक्ष गिरीले दावी गरे । 

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समिति गठन गरिएकै बेला धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौँ पटक भागवत् पुराण आयोजना गरिएको उनको भनाई छ ।