१२ साउन २०८१, शनिवार

हातेमालो वनको अध्यक्षमा सिग्देलको जित निश्चित

१२ चैत २०७९, आइतवार
Image

चारआली, १२ चैत । हातेमालो सामुदायिक वन उपभोक्ता समूहको पछिल्लो मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलका चन्द्रप्रसाद सिग्देलले अग्रता लिएका छन् ।

शनिबार राति ९ वजेदेखि सुरु मतगणना अहिलेसम्म जारी रहेको छ । पछिल्लो मतगणनाको प्रारम्भिक नतिजा अनुसार ९०० मत गणना हुँदा अध्यक्षमा सिग्देलले ५३४, उपाध्यक्षमा राधिका सुब्बाले ४८०, सचिवमा सोनामसिंह तामाङले ४०६, सहसचिवमा सन्तोष लिम्बुले ४०२ र कोषाध्यक्षमा कुशुम प्रसाई कटुवालले ४५५ मत ल्याएको निर्वाचन समिति संयोजक गोपाल प्याकुरेलले बताए । 

त्यस्तै सदस्यहरुमा युवराज खतिवडाले ४४९, रुद्रबहादुरा कार्कीले ४६३, हेमराज भट्टराईले ४६३, चन्द्रकुमारी लिम्बुले ४३६, जयन्ती राईले ४१२, लक्ष्मी लिम्बुले ४३३, खड्गमाया कामीले ४१७ र कृष्णप्रसाद सिग्देलले ४४३ मत ल्याएको उनले बताए । 

यता एमालेबाट प्रगतिशिल समुहको अध्यक्षमा भोजराज पराजुलीले ३०९ं, उपाध्यक्षमा यशोदा सिग्देलले ३४४, सचिवमा यामाकान्त प्याकुरेलले ४२०, सहसचिवमा सन्देश न्यौपानेले ४०३ र कोषाध्यक्षमा विना ढकालले ३४४ मत ल्याएको संयोजक प्याकुरेलले बताए ।

त्यसैगरी सदस्यहरुमा ताराप्रसाद तिवारीले ३२७, शिवलाल खवासले ३०९, सागरसिंह राजवंशीले ३०९, लिलादेवी कार्कीले ३५७, सीता खड्काले ३९६, सीता रुचालले ३३३ र वद्रीप्रसाद भट्टाराईले ३२४ मत प्राप्त गरेको प्याकुरेलले जानकारी दिए ।

समूहको चुनावमा एक हजार १६४ मतदाता मध्ये १ हजारले मतदान गरेका थिए । अब १०० मत गन्न बाँकी रहेको छ । लोकतान्त्रिक प्यानलका अध्यक्ष सिग्देलको जित लगभग सुनिश्चित भइसकेको छ ।


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।