१६ चैत २०८०, शुक्रवार

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु

१५ चैत २०७९, बुधवार
Image

मेचीनगर, १५ चैत ।  देशभरका स्थानीय तहमा रहेका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन बुधबारबाट काठमाडौंमा शुरु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन सत्रका प्रमुख अतिथि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाले न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । दुईदिन चल्ने सम्मेलनमा देशभरका ७५३ वटा स्थानीय तहका न्यायिक समिति संयोजकहरुको उपस्थिति रहेको छ ।

न्यायिक समितिको राष्ट्रिय सम्मेलनमा सहभागीहरुको विवरण, प्रस्तुत हुने कार्यपत्र र अन्य बिषय समेटिएका न्ययिक समिति राष्ट्रिय सम्मेलन दिग्दर्शन प्रकाशित गरिने लक्ष्य रहेको छ । 

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलेका अध्यक्षतामा भएको सम्मेलनले सबै स्थानीय सरकार अन्तर्गतका न्यायिक समितिको पहिचान, क्षमता विकास र भावी कार्यदिशा तय गर्न मद्घत पुग्ने विश्वास गरिएको छ ।