१३ वैशाख २०८१, बिहिवार

ईटाभट्टामा रिकन्डिसन एण्ड सर्भिस सेन्टर स्थापना

१६ चैत २०७९, बिहिवार
Image

मेचीनगर, १६ चैत । मेचीनगर–७ स्थित ईटाभट्टामा पहिलो पटक माई वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टर स्थापना भएको छ ।

ईटाभट्टा चोकदेखि २ सयमिटर पूर्व माई वल्ड रिकन्डिसन एण्ड सर्भिस सेन्टर स्थापना भएको छ ।

साना सवारी साधान, मोटरसाइकल, विद्युतिय २ पाङ्ग्रे, ३ पाङ्गे गाडी, पार्टसका समान, गाडीका बेट्रीहरु बिक्री वितरण, मर्मत तथा सर्भिसिङ गरिने सेन्टरका कार्यकारी व्यवस्थापक ओमप्रकाश खापुङले बताए ।

स्थानीय समाजसेवी शिव थापाको ३ कठ्ठा जग्गा बार्षिक ७५ हजार भाडा तिर्ने सहमतिमा ७ वर्षका लागि लिएको उनले बताए ।

गाडी धुने, सर्भिसिङ गर्ने, पार्टस तथा गाडी खरिद बिक्रीमा बजार मुल्य भन्दा केहि कममा सेवा दिने सेन्टरका सञ्चालक नारायण चोङबाङले जानकारी दिए ।

नेपाल तथा भारतका विज्ञ प्राविधिकहरुद्वारा सेवा दिइने बताइएको छ । सेन्टरमा १० जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।