१ असोज २०८१, मङ्गलवार

संस्कार पढाउने विद्यालयका जग्गादाता सम्मानित

१७ चैत २०७९, शुक्रवार
Image

हल्दिबारी, १७ चैत । हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गर्नुभएको छ ।

तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गर्नुभएको हो । 

जग्गादातालाई प्रतिष्ठानले आज एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमासम्मान गर्यो ।

दाता परिवारलाई फुलमाला र अबिर लगाएर हल्दिबारी–३ का वडाध्यक्ष हरिप्रसाद ओली, अभियानका झापा अध्यक्ष शंकर भट्टराई र विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुंगेलले सम्मान गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष भट्टराईले प्रदेशमै पहिलोपल्ट बाल संस्कार केन्द्रका लागि जग्गा प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

प्रतिष्ठानले झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र नैतिक शिक्षा प्रदान गर्ने बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको भट्टराईले जानकारी दिनुभयो ।

अभियन्त पं. सोमनाथ सुबेदीले बाल संस्कार केन्द्र ६४ जिल्लामा सञ्चालन भइरहेको बताउनुभयो ।

समाजसेवी सत्येन्द्र कर्णले स्वागत गर्नुभएको सो अवसरमा पिताम्बर बराल, शिवप्रसाद दाहाल, भरत मैनाली, खिनामाया खनाल, मित्रलाल ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

अर्जुनधारामा अन्तरक्रिया

अर्जुनधारा वडा नं. ६ मा स्थानीय अभिभावकहरुसँग जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियानले आज अन्तरक्रिया सम्पन्न गरेको छ ।

सो वडाका अध्यक्ष हरिश्चन्द्र बाँस्तोलाले अभियानको सोच र कार्यक्रम समाजका लागि अति उपयोगी भएको जनाउँदै बालबालिकाहरुलाई असल संस्कार सिकाउने अभियानमा आफ्नो सँधै सहयोग रहने बताउनुभयो ।

अर्जुनधारा– ६ मा झापा र इलामका एकल विद्यालयका आचार्यहरुको सात दिने बर्गभेला चैत २१ गतेदेखि आयोजना हुने बताउँदै उहाँले त्यसमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।