२३ भदौ २०८१, आइतवार

धुलाबारी खानेपानी चुनाव

६४.३२ प्रतिशत मत खस्यो

१८ चैत २०७९, शनिवार
Image

मेचीनगर, १८ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ ।

आज धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान (टाउन हल) मा धुलाबारी खानेपानीको मतदान सम्पन्न भएको हो ।

तीन हजार १६३ मत खसेको निर्वाचन समिति संयोजक असोककुमार पोखरेलले बताए । उनका अनुसार ६४ दशमलव ३२ प्रतिशत मत खसेको छ ।

कुल चार हजार ९१७ मतदातामा सो संख्यामा मत खसेको थियो । 

खानेपानीको चुनावमा त्रिपक्षीय भिडन्त भएको छ । नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी (एस) र जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार धनकाजी खत्री दाहाल, एमालेबाट रचिन्द्र श्रेष्ठ र रास्वपाबाट सन्तोष राजवंशी छन् ।

विहान ८ वजेदेखि सुरु मतदान बेलुका ५ वजे सम्पन्न भएको थियो । मतगणना आइतबार विहान ८ बजेदेखि सुरु हुने संयोजक पोखरेलले जानकारी दिए ।