१२ पुष २०८१, शुक्रवार

धुलाबारी खानेपानी चुनाव

अध्यक्षमा रचिन्द्र श्रेष्ठको अग्रता

१९ चैत २०७९, आइतवार
Image

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा संयुक्त प्रगतिशिल प्यानलका रचिन्द्र श्रेष्ठले अग्रता लिएका छन् ।

आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले १०६, लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहालले ९६ र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले ४३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । २९८ मतगणना हुँदाको परिणाम ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ९६ उपाध्यक्षमा हिमालय आङ्देम्बले १०६ , सचिमा उमानाथ (उमेश) सुवेदीले ८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले १०६, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले ९६, सचिवमा उमेश डाँगीले १०६ मत ल्याएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले ४३, उपाध्यक्षमा प्रकाश श्रेष्ठले ३० र सचिवमा ओमनाथ घिमिरेले ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।