२२ वैशाख २०८१, शनिवार

आधुनिक साकोसले दियो सदस्यलाई विउँविजन

१९ चैत २०७९, आइतवार
Image

 मेचीनगर, १९ चैत । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस) काँकरभिट्टाले सदस्यहरुलाई बिउँविजन वितरण गरेको छ । 

आज मेचीनगर–२ भृकुटीस्थित ज्येष्ठ नागरिक भवनमा आयोजित सदस्य शिक्षा तथा वित्तिय शाक्षरता कार्यक्रमको आयोजना गरेर संस्थाले पाँचसय भन्दा बढि सदस्यलाई मौसम अनुकुलको बिउँविजन वितरण गरेको हो ।

सदस्य शिक्षा तथा वित्तिय शाक्षरता कार्यक्रममा संस्थाका व्यवस्थापक पारस ओली, भद्रपुर कार्यालय प्रमुख प्रकाश आचार्य, बिर्तामोड कार्यालय प्रमुख माधव भट्टराई लगायतले शेयर सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सदस्यहरुलाई विगतका वर्ष झैँ संस्थाका विविध कारोबारका बारेमा जानकारी गराइएको थियो । सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कमल थापाले बताए ।

प्रशिक्षार्थी सदस्यहरुका तर्फबाट धरणीधर पोखरेल, बलराम कार्की र छलबहादुर सारुले कार्यक्रमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी मेचीनगर–२ का वडाध्यक्ष दिपक बरालले आधुनिक साकोसले कृषि सम्बन्धी महत्वपूर्ण कार्यक्रम आयोजना गरेको भन्दै यस्ता कार्यक्रमले सदस्यहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए । 

संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षता, भृकुटी उपसमिति सदस्य पुस्पलाल गुरागाईले स्वागत, संस्थाका उपाध्यक्ष युवराज भट्टराईले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन भृकुटी कार्यालय प्रमुख पवित्रा थापाले गरेकी थिइन् ।