२ कार्तिक २०८१, शुक्रवार

खानेपानी चुनाव : अध्यक्षमा धनकाजीको अग्रता

१९ चैत २०७९, आइतवार
Image

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहालले अग्रता लिएका छन् ।

आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ४०९, संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले २३९ र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ९५५ मतगणना हुँदाको परिणाम ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ४०९, उपाध्यक्षमा हिमालय आङ्देम्बले ३९१, सचिमा उमानाथ (उमेश) सुवेदीले ३२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले २३९, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले २६३, सचिवमा उमेश डाँगीले ३११ मत ल्याएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले १३८, उपाध्यक्षमा प्रकाश श्रेष्ठले १०२ र सचिवमा ओमनाथ घिमिरेले ११७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सुरुमा १० मतले अगाडि भएका रचिन्द्र अहिले पछि परेका छन् । अहिले धनकाजीले रचिन्द्रलाई १७० मतले उछिनेका छन् । ९५५ मत मध्ये १०३ मत बदर भएको छ ।