१२ पुष २०८१, शुक्रवार

धुलाबारी खानेपानी चुनाव

अध्यक्षमा धनकाजी २२० मतले अगाडि

१९ चैत २०७९, आइतवार
Image

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहालको अग्रता कायम नैरहेको छ ।

आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ५६६, संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ३४६ र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले १९७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए । १३५७ मतगणना हुँदाको परिणाम ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ५६६, उपाध्यक्षमा हिमालय आङ्देम्बले ५४४, सचिमा उमानाथ (उमेश) सुवेदीले ४५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले ३४६, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले ३७७, सचिवमा उमेश डाँगीले ४४५ मत ल्याएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले १९७, उपाध्यक्षमा प्रकाश श्रेष्ठले १३९ र सचिवमा ओमनाथ घिमिरेले १५९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी लोकतान्त्रिक प्यानलका सदस्यहरु सरोज खड्काले ५३१, कविन्द्र श्रेष्ठले ६०४, लिलादेवी गौतमले ४६६, धनमाया गौतम पोखरेलले ६४८, ज्ञानबहादुर विष्टले ४७२, नारायण भट्टराईले ५१९, केदार खत्रीले ६०७ र रितबहादुर खड्काले ४०९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । छन् ।

त्यस्तै संयुक्त प्रगतिशिल प्यानलका सदस्यहरु सञ्जय श्रेष्ठले ४३९, हिमकुमारी कुमारी खत्री कट्टेलले ३२७, बिना अधिकारी नेपालले ३७७, रितादेवी दाहालले ३३५, हिरा आचार्यले ४२७, अमर लिम्बुले ५१६ र राजनकुमार सापकोटाले २८० मत प्राप्त गरेका छन् ।

इता रास्वपाका सदस्यहरु दिनेशकुमार गुप्ताले ३७१, महेन्द्र चौधरीले ३०७, कमला चापागाइँ (पोखरेल)ले २०८, सन्तोष विश्वकर्माले १३८, विजय अधिकारीले ३०६, राजकुमार साहले १५८, मीना बस्नेत (थापा)ले १७३ र लोकनाथ काफ्लले १४० मत ल्याएको संयोजक पोखरेलले जानकारी दिए ।

१ हजार ३५७ मतगणना हुँदा १५० मत बदर भएको छ । कुल ४ हजार ९१७ मतदाता मध्ये शनिबार सम्पन्न निर्वाचनबाट ३ हजार १६३ मत खसेको थियो ।