२३ भदौ २०८१, आइतवार

अध्यक्षमा धनकाजी ६५५, रचिन्द्र ३९८ र सन्तोषको २२६

१९ चैत २०७९, आइतवार
Image

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहालको अग्रता कायम नैरहेको छ ।

आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ६५५, संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ३९८ र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले २२६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए । १५५७ मतगणना हुँदाको परिणाम ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ६५५, उपाध्यक्षमा हिमालय आङ्देम्बले ६२८, सचिमा उमानाथ (उमेश) सुवेदीले ५२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले ३९८, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले ४२७, सचिवमा उमेश डाँगीले ५११ मत ल्याएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले २२६, उपाध्यक्षमा प्रकाश श्रेष्ठले १६३ र सचिवमा ओमनाथ घिमिरेले १८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।