८ मंसिर २०८१, शनिवार

अध्यक्षमा धनकाजी २९४ मतले अगाडि

१९ चैत २०७९, आइतवार
Image

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहालले निरन्तर अग्रता लिइरहेका छन् ।

आइतबार मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ७४७, संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ४५३ र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले २५८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए । १७५७ मतगणना हुँदाको परिणाम ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ७४७, उपाध्यक्षमा हिमालय आङ्देम्बले ७२४, सचिमा उमानाथ (उमेश) सुवेदीले ६०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले ४५३, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले ४८५, सचिवमा उमेश डाँगीले ५८२ मत ल्याएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले २५८, उपाध्यक्षमा प्रकाश श्रेष्ठले १८८ र सचिवमा ओमनाथ घिमिरेले २१५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

१ हजार ७५७ मतगणना हुँदा १८० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।