२ कार्तिक २०८१, शुक्रवार

धुलाबारी खानेपानी चुनाव

अध्यक्षमा धनकाजी ३३२ मतले अगाडि

१९ चैत २०७९, आइतवार
Image

मेचीनगर, १९ चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा अहिले लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहालले निरन्तर अग्रता लिइरहेका छन् ।

आज जारी मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार लोकतान्त्रिक प्यानलका धनकाजी खत्रीले ८७३, संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ५४१ र रास्वपाका अध्यक्षका उम्मेदवार सन्तोष राजवंशीले २९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए । २०५७ मतगणना हुँदाको परिणाम ।

काँग्रेससहितको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा खत्रीले ८७३, उपाध्यक्षमा हिमालय आङ्देम्बले ८६३, सचिमा उमानाथ (उमेश) सुवेदीले ७२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेको संयुक्त प्रगतिशिल प्यानलबाट अध्यक्ष पदमा श्रेष्ठले ५४१, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठले ५५३, सचिवमा उमेश डाँगीले ६७५ मत ल्याएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा राजवंशीले २९३, उपाध्यक्षमा प्रकाश श्रेष्ठले २१८ र सचिवमा ओमनाथ घिमिरेले २४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

२ हजार ५७ मतगणना हुँदा २१५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।