२३ भदौ २०८१, आइतवार

आराध्यको शिविरमा दुई सय जनाले जँचाए आँखा

२० चैत २०७९, सोमवार
Image

मेचीनगर, २० चैत । मेचीनगर–७ मदनबस्तीमा भएको एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परीक्षण गराएका छन् ।

आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार शिविरको आयोजना गरेको हो ।

मेची नेत्रालय काँकरभिट्टाले शिविरमा विशेषज्ञसहितको प्राविधिक सहयोग गरेको थियो । शिविरमा जँचाएका १९ जनामा मोतियाबिन्दु समस्या देखिएको थियो । उहाँहरुलाई आराध्य साकोसको समन्वयमा एक हप्ता भित्र नेत्रालयले शल्यक्रिया गरिदिने भएको संस्थाका व्यवस्थापक दुलप मेचेले बताउनुभयो ।

शिविरमा हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल काठमाडौंले २०० जनालाई जाँचको आधारमा निःशुल्क चस्मा वितरण गरेको थियो । स्थानीय सावित्रा मेडिकल हलले शिविरमा उपस्थित सबैको ब्लड प्रेसरलगायतको स्वास्थ्य जाँच गरेको थियो ।

आराध्य बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा भएको शिविरको उद्घाटन मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले गर्नुभउको थियो ।

संस्थाका उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, लेखा समिति संयोजक नारायण दंगाललगायत स्थानीय टोल विकास समितिका अध्यक्षलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य अनुप मेचेले गर्नुभएको थियो ।