२३ भदौ २०८१, आइतवार

घटायो निगमले पेट्रोलियम पदार्थको मूल्य

२० चैत २०७९, सोमवार
Image

झापा, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । 

निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरिएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । 

त्यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) र बाह्यतर्फ प्रतिलिटर १० रूपैयाँ घटाइएको निगमको भनाई छ ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको निगमले बताएको छ ।

मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १६५ रुपैयाँ भएको छ ।