१ असोज २०८१, मङ्गलवार

लेडी जेसीजले दियो ‘पार्लामेन्टरी प्रोस्युडर’ तालिम

२० चैत २०७९, सोमवार
Image

धुलाबारी, २० चैत । मेचीनगर लेडी जेसीजको आयोजनामा व्यवस्थित बैठक प्रणाली (पार्लामेन्टरी प्रोस्युडर) तालिम सम्पन्न भएको छ ।

जेसीजको बैठक सञ्चालनका प्रक्रिया तथा व्यवस्थित र मर्यादित बैठक सञ्चालनका बिषयमा संस्कार एकाडेमीका फाउण्डर, नेपाल जेसीजका अन्तराष्ट्रिय ट्रेनर, राजाबाबु साहले प्रशिक्षण गराएका थिए ।

प्रशिक्षणमा लेडी जेसीजका ३० जना भन्दा बढी सदस्य, बोर्डका पदाधिकारी र पूर्व पदाधिकारीहरुले सो प्रशिक्षणमा भाग लिएका थिए ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मी थापाको अध्यक्षता तथा प्रशिक्षक साहको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षणमा सामूहिक रुपमा आश्था बाचन गरिएको थियो । 

तालिम संयोजक शर्मिला तिम्सिनाले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव सविता पोखरेलले गरिन् ।

तालिममा सहभागीहरुले पार्लामेन्टरी प्रोस्युडर तालिमले अन्य संस्थामा पनि व्यवस्थित र मर्यादित रुपमा बैठक सञ्चालन गर्न मद्दत पुग्ने बताएका थिए ।