२ कार्तिक २०८१, शुक्रवार

इनरुवामा पूर्वराजाले गरे भाषण

२० चैत २०७९, सोमवार
Image

झापा, २० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई इनरुवामा ‘नागरिक अभिनन्दन’ गरिएको छ । अभिनन्दनपछि पूर्वराजाले लिखित सम्बोधन गरेका छन् ।

आज इनरुवामा पूर्वराजा शाहले तन, मन र धनमा लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भएको बताए । उनले परिवर्तन देखाउने नाममा अहिलेको कोरा र सतही खेल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिन नसक्ने दावी गरे ।

‘अहिले परिवार, समूह, दल, गुट, उपगुटमा अल्झिएर प्रणाली चलिरहेको छ’, शाहले भने –‘यसले हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्दैन । यही पाराले राष्ट्रियता र एकताको रक्षा गर्न सकिदैन ।’

शाहले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता कायम गर्नुपर्ने बेला आएको बताए । सुशासन र शान्तिको माध्यमबाट चौतर्फी विकासको वाटोमा लाग्नुपर्नेमा उनको भनाई थियो । ।

शाहले अभिनन्दन गरिएकोमा सबैलाई धन्यवाद दिएका थिए । उनले यसबाट देशको माया, चिन्ता र चासो झल्किएको समेत प्रष्ट भएको बताए ।

कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लागेको थियो । सहभागीहरूले गणतन्त्रको विरोधमा नाराबाजी समेत गरे ।