२ कार्तिक २०८१, शुक्रवार

रास्वपा कमल गाउँपालिकाको सभापतिमा चापागाँई

२१ चैत २०७९, मङ्गलवार
Image

कमल, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदारनाथ चापागाँई सर्वसम्मत चयन भएका छन् ।

आइतबार कमल–३ स्थित सिंहदेवी सामुदायिक भवनको सभा हलमा पार्टीको प्रथम भेलाले चापागाँईको सभापतित्वमा १७ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

भेलाले समितिको सचिवमा यज्ञप्रसाद तिवारी र कोषाध्यक्ष तुलसा चम्लागाई गौतम चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा यमप्रकाश सुब्वा, विष्णु अधिकारी, सिता ओझा, ओमबहादुर विष्ट, मनोज शिवाकोटी, खगेन्द्रराज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णुमाया सिटौला, डम्बरबहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् प्रखर वक्ता रमेश प्रसाईले अरुको कुरा काट्ने, जराकाट्ने र टाउको काट्नेहरुले देश बनाउन नसक्ने बताउनुभयो ।

‘३० वर्षसम्म अरुले शासन गरेको हेरियो’, प्रसाईले भन्नुभयो–‘तर देश र जनताका लागि कुनै पार्टीले केहि नगरेका कारण रास्वपा स्थापना भएको छ । त्यसैले अब देश र जनताका लागि काम गर्ने बेला आएको छ ।’

रास्वपा कमलका सभापति चापागाँईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारी, प्रदेश सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, सहसंयोजक प्रकाश पाठक, प्रदेश सदस्यहरु, विभिन्न पालिकाका सभापतिहरु सथानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन रास्वपाका नेता, झापा–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शम्भु ढकाल (सुस्केरा) ले गर्नुभएको थियो ।