धुलाबारी, २१ चैत । मेचीनगर नगरपालिका–१० मा प्रेसर कुकर पड्कँदा एक महिला घाइते हुनुभएको छ ।
विहान १० बजे होटलमा दाल पकाउने क्रममा कुकर पड्कँदा २८ बर्षीय रञ्जिता साह घाइते हुनुभएको हो । उहाँलाई उपचारका लागि धुलाबारी स्वाथ्य केन्द्र लगिएको परिवारले जनाएको छ ।