२३ वैशाख २०८१, आइतवार

राष्ट्रिय सहकारी दिवस

पूर्वीद्वारसहित जिल्लाका अन्य साकोसहरु उत्कृष्ट

२१ चैत २०७९, मङ्गलवार
Image

बिर्तामोड, २१ चैत । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था धुलाबारीलाई उत्कृष्ट सहकारीको रुपमा घोषणा गरिएको छ ।

सोमबार विर्तामोडमा झापा जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रममा पूर्वीद्वार साकोसलाई जिल्लाकै उत्कृष्ट सहकारी घोषणा गरिएको अध्यक्ष विपी भट्टराईले जानकारी दिए । सहकारी क्षेत्रमा रहेर सफल कार्यसम्पादन गरेको आधारमा उत्कृष्ट घोषणा गरिएको उनले बताए । 

उत्कृष्ट घोषित भएका सहकारीलाई नगद १० हजार रुपैयाँले पुरस्कृत गरिने भएको छ । उक्त पुरस्कार आगामी असारमा अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन वितरण गरिने बताइएको छ । 

यस्तै, सोही अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल(२५,५५५), जिल्ला सहकारी संघका पूर्व सचिव तथा लेखा संयोजक देवीप्रसाद दाहाल (१०,५५५), नयाँ सन्दर्भ साप्ताहिका प्रधान सम्पादक गोविन्दचन्द्र क्षेत्री (१०, ५५५), होक्से कृषि सहकारी संस्था (१०, ५५५), मेची कृषक बहुमुखी सहकारी संस्था मेचीनगर (१०५५५), नवोदय बहुउदेश्यीय सहकारीसंस्था कमल (१०,५५५), हाम्रो गोलधाप कृषि सहकारीसंस्था हल्दिबारी (१०, ५५५) र नवदुर्गा बहुउदेश्यीय सहकारी संस्था दमक (५५५५) लाई पनि पुरस्कृत गरिने भएको छ । 

सहकारी दिवसको अवसरमा संघले सहकारीकर्मीहरुलाई वित्तीय सम्बन्धी उत्पे्ररणा जगाउन प्रशिक्षण दिएको थियो । काठमाडौंबाट आएका प्रशिक्षक राजबाबु साहले प्रशिक्षण प्रदान गरेका थिए । सहकारी संघका जिल्ला अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भवानी दंगालले गरेका थिए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।