२ कार्तिक २०८१, शुक्रवार

एसईई परीक्षा

परीक्षा दिँदै गरेका एउटै केन्द्रका ५२ जना विद्यार्थी पक्राउ

२३ चैत २०७९, बिहिवार
Image

विराटनगर, २३ चैत । मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती मावि केन्द्रबाट एसईई परीक्षा दिएका ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीको आशंकामा सो केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूले आज सामाजिक विषयको परीक्षा दिँदै थिए ।

प्रहरीले बुधबार पनि सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । विहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डीएसपी रञ्जन दाहालले बताए ।

‘आज ५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ भइरहेको छ,’ उनले भने,‘ एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं ।’

कुन–कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताए । पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेशपत्र बोकेको अनुमान प्रहरीको छ ।


सम्बन्धित खबर