दुर्गा प्रसाईंको अभियान
दुर्गा प्रसाईंको अभियान
झापा, २३ चैत । मेडिकल उद्यमी दुर्गा प्रसाईंको अभियानले नेपाल बन्दको निर्णय फिर्ता लिएको छ ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रम अन्तरगत चैत २४ गते तय गरेको नेपाल बन्द फिर्ता लिएको हो ।
विहीबार प्रसाईंले एक विज्ञप्ती जारी गर्दै हाल चलिरहेको एसईई परीक्षाका कारण आन्दोलन फिर्ता लिएको जानकारी गराएका छन् ।
विज्ञप्तीमा ‘चैत २४ गतेदेखि अनिश्चीतकालिन नेपाल बन्दको घोषणा गरेकोमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै नेपाल बन्द फिर्ता लिएको जानकारी गराउन चाहन्छौँ’ –उल्लेख छ ।
लघुवित्त वित्तीय संस्थाहरु र बैंकको चर्को ब्याजको ज्यादतीविरुद्ध प्रसाईं पछिल्लो केही समयदेखि सक्रिय रुपमा लागि परेका छन् ।
प्रसाईंले बैंकहरुले अस्वभाविक रुपमा बढाएको ब्याजदर घटाउनु पर्ने र २० लाखभन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने मागसहित देशभरी आन्दोलनको अगुवाई गरिरहेका छन् ।