२ कार्तिक २०८१, शुक्रवार

बिर्तामोडमा जनवादी सांगीतिक कार्यक्रम हुने

२३ चैत २०७९, बिहिवार
Image

झापा, २३ चैत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान अन्तरगत बिर्तामोडमा शनिबार सांगीतिक कार्यक्रम हुने भएको छ ।

आज बिर्तामोड स्थित अतिथि सदनको भवनमा पत्रकार सम्मेलन गर्दै सो अभियात्राको बारेमा जानकारी गराएको हो ।

टोलीले जनवादी कलाकारहरु सहितको टिमले २५ गते बिर्तामोड स्थित सिटी सेन्टर स्थित साझा पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सांगीतिक कार्यक्रम गर्नेछ । सांगीतिक कार्यक्रमको प्रवेश निःशुल्क रहेको छ ।

पत्रकार सम्मेलनमा बरिस्ठ जनवादी कलाकार जीवन शर्माले देशभर हुने सबैखाले मेला तथा महोत्सवमा जनवादी कलाकारको सहभागिता गराउनुपर्ने माग गरेका छन् । उनले जनवादी कलाकार विना कुनैपनि सार्वजनिक मेला तथा महोत्सव सञ्चालन नगर्न अपिल गरे ।

उनले हरेक मेला तथा महोत्सवमा छाडा खालका गीतले प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई बेवास्ता गरेर कुनैपनि कार्यक्रम आयोजना नगर्न अपिल गरे ।

अर्धनग्न नृत्य र छाडा गीत, संगीतमा कुम हल्लाउने नेताहरुलाई पनि सचेत गराउन आवश्यक रहेको भन्दै जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको शर्माको भनाई छ ।

जनताको पक्षमा राज्यसत्ता नहुँदा जनताका कलाकारहरु बेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको समेत उनको जिकिर थियो ।

अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता छ । गायक शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।

चैत ४ मा धनगढीबाट सुरु भएको अभियात्रा बैशाख ५ गते काठमाडौंको प्रज्ञा भवनमा पुगेर समापन हुने टोलीका सदस्य तथा कलाकार चिरण सि ले जानकारी दिए ।