२ कार्तिक २०८१, शुक्रवार

झापामा छ लाख ३३ हजार बढी स्वास्थ्य बिमामा आवद्ध

२४ चैत २०७९, शुक्रवार
Image

झापा, २४ चैत । झापामा छ लाख ३३ हजार ४८३ जनाले स्वास्थ्य बिमा गराएका छन् । यो आँकडा जिल्लाको कूल जनसंख्याको दुइ तिहाई हो ।

स्वास्थ्य बिमा बोर्ड झापाका दर्ता अधिकारी पुष्पराज भट्टराईका अनुसार बिमा गराएकाहरु मध्ये तीन लाख २६ हजार ७४३ महिला र तीन लाख छ हजार ७३६ पुरुष छन् ।

स्वास्थ्य बिमामार्फत सेवा पुर्याउने अस्पताल तथा उपचार केन्द्र प्रशस्त भएका कारण झापामा सरकारको स्वास्थ्य बिमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

जिल्लामा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गरी १२ वटा प्रथम विन्दु तोकिएका छन् । बिमित व्यक्तिले विमामार्फत उपचार सेवा प्रथम विन्दुबाट थालनी गर्नु पर्ने व्यवस्था छ । अन्यत्र सुविधासम्पन्न अस्पतालमा जानु पर्ने भए प्रथम विन्दु तोकिएको अस्पतालबाट सिफारिस पत्र बनाउनु पर्छ ।

प्रादेशिक अस्पताल भद्रपुर, दमक अस्पताल र बुद्धशान्ति अस्पताल गरी तीन वटा अस्पताल प्रथम विन्दु तोकिएका छन् भने शिवगञ्ज, शनिश्चरे, धुलाबारी, बनियानी र गौरीगञ्ज गरी पाँच वटा प्राथमिक सेवा केन्द्रले पनि प्रथमविन्दुकै रुपमा उपचार सेवा प्रदान गरिरहेका छन् ।

कमल, कनकाई, विर्तामोड र हल्दिबारी गरी चार वटा नगर अस्पतालले प्रथमविन्दु उपचार केन्द्रको रुपमा विमामार्फत सेवा दिइरहेका छन् ।

बिमा बोर्डका अनुसार बीएन्डसी हस्पिटल, लाइफलाइन अस्पताल र एडभान्स हस्पिटल गरी तीन वटा निजी क्षेत्रको ठूला अस्पताल हालै स्वास्थ्य बिमाबाट बाहिरिएका छन् ।

निजी क्षेत्रकै ओमसाई पाथिभरा हस्पिटल, कनकाई हस्पिटल, मेची नेत्रालय, दृष्टि आँखा उपचार केन्द्र, विर्तामोड आँखा अस्पताल जस्ता ठूला अस्पतालले स्वास्थ्य बिमाको उपचार सेवा प्रदान गरिरहेका छन् ।

झापामा १५ पािलका र नौ लाख ९४ हजार ९० जनसंख्या रहेको छ । एक तिहाई जनसंख्या समेटिसकेको स्वास्थ्य बिमा सर्वसाधारणमाझ लोकिप्रय बन्दै गएको देखिन्छ ।–––


सम्बन्धित खबर