१ असोज २०८१, मङ्गलवार

डस्वीन वितरण

खानेपानी कार्यालयद्वारा बजार सरसफाइ

२५ चैत २०७९, शनिवार
Image

काँकरभिट्टा, २५ चैत । ‘समय, सम्पत्ति र पानी सहि सदुपयोग गरौँ’ भन्ने मुल नाराका साथ काँकरभिट्टामा आज बजार सरसफाइ तथा डस्वीन वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा बजार सरसफाइ तथा डस्वीन वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

सनराइज बैंक काँकरभिट्टा शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत खानेपानी कार्यालयको सहजिकरणमा ३० वटा डस्वीन वितरण गरेको छ । 

खानेपानी कार्यालयले सो बैँकमा फिक्स डिपोजिट राखेको रकमको सामाजिक उत्तरदायित्व अन्तरगत डस्वीन वितरण गरिएको बताइएको छ ।

अन्य बैँकसँग पनि सहकार्य गरेर डस्वीन वितरण गरिने र बजार सरसफाइलाई पनि निरन्तरता दिइने खानेपानी कार्यालयका प्रमुख दिपक पोखरेलले बताए ।

बजार सरसफाइ कार्यक्रममा काँकरभिट्टाका संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी र सशस्त्र प्रहरीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, खानेपानी कार्यालयका अध्यक्ष राजकुमार पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन खानेपानी कार्यालयका सचिव दिलिपजङ सुब्बाले गरेका थिए ।