२७ वैशाख २०८१, बिहिवार

पूर्वी नाकामा दैनिक सय बढीको स्वाब परीक्षण

२५ चैत २०७९, शनिवार
Image

धुलाबारी, २५ चैत । भारतमा कोरोनाको संक्रमण बढेसँगै नेपालका पूर्वी नाका काँकरभिट्टालगायत सीमा नाकामा सुरक्षा सतर्कता कडा बनाइएको छ । 

हाल पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गर्ने एक सय बढीको सीमामा दैनिक स्वाब परीक्षण भइरहेको छ । स्वाब भारतलगायत तेस्रो मुलुकबाट आउने अधिकांशको गर्ने गरेको सीमा हेल्थडेक्सकी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताउनुभयो ।  

उहाँले भारतमा दुई महिना बसोवास गरेर फर्किने तथा रोजगारीका लागि नेपाल आउने भारतीय नागरिक र तेस्रो मुलुकबाट आउनेहरुको स्वाब परीक्षण भइरहेको बताउनुभयो । हाल सात जना कर्मचारीले सेवा दिइरह्ता पनि कर्मचारी अभावमा काम गर्ने समस्या भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भारत तथा नेपालमै कोभिडको संक्रमण बढ्न थालेका कारण मेचीनगर नगरपालिकासँग थप स्वास्थ्यकर्मी मागिरहेको बताउनुभयो । सीमा दुई बर्ष अघि हेल्थडेक्सको स्थापना गरेर कोरोना परीक्षण सुरु गरिएको हो ।