२२ वैशाख २०८१, शनिवार

धुलाबारी–चन्द्रगढी रुटमा चल्न थाल्यो टुनटुन म्याजिक

२६ चैत २०७९, आइतवार
Image

मेचीनगर, २६ चैत । धुलाबारी–चन्द्रगढी रुटमा नियमित रुपमा म्याजिक गाडीले यात्रु सेवा दिन दिन थालेको छ ।

पूर्वी नाकाबाट चन्द्रगढी पुग्ने सबैभन्दा छोटो दूरीको धुलाबारी–भद्रपुर सडक कालोपत्रे बनेपछि म्याजिक गाडीले यात्रु बोक्न थालेका हुन् । सो सडक दुई लेनको छ ।

पूर्वाञ्चल जीप व्यवसायी संघ अन्तगर्तका चार वटा म्याजिक गाडीले यात्रुलाई धुलाबारीको दक्षिणतिर पार्वती मेडिकल अगाडि पालैपालो कुरेर बस्ने गरेका छन् ।

विहान साढे आठ बजेदेखि हरेक आधा घण्टामा एउटा म्याजिक धुलाबारी स्टेन्डमा आउने गरेको छ ।

धुलाबारीदेखि चन्द्रगढी, ओमसाई पाथिभरा हस्पिटल, मेची क्याम्पस र मेची अस्पतालसम्म यी म्याजिक गाडीले सेवा दिने गरेको २५८९ नम्बरको टुनटुन म्याजिक सेवाका चालक देवीप्रसाद चापागाई (फोन नं. ९८४२६४१९९९)ले बताउनुभयो ।

यो रुटमा चल्ने म्याजिक गाडीले धुलाबारीदेखि चन्द्रगढीसम्म रु. ७०, ओमसाई पाथिभरा हस्पिटलसम्म रु. १०० र मेची क्याम्पससम्म रु. १०० भाडा लिने गरेका छन् । मेची क्याम्पस पढ्न जाने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने गरिएको अर्का म्याजिकका चालक सञ्जय राजबंशी (फोन नं. ९८१४०२३९५५)ले जानकारी दिनुभयो ।

धुलाबारी–भद्रपुर सडक दुईलेनको पक्की बनेपछि भद्रपुरका अस्पतालहरु, मेची क्याम्पस, चन्द्रगढी एयरपोर्ट र चन्द्रगढीका सरकारी अड्डाहरु जान म्याजिक भ्यानको सेवाले सुविधा पुर्याएको पार्वती मेडिकलका प्रोपाइटर सरिन गिरी बताउनुहुन्छ ।

सो रुटमा नियमित रुपमा म्याजिक गाडी चल्नाले ज्यामिरगढी जाने यात्रुलाई पनि सुविधा पुगेको छ । धुलाबारीदेखि चन्द्रगढीसम्मको यो रुट १४ किलोमिटर लामो रहेको छ ।