२२ वैशाख २०८१, शनिवार

मेचीनगर साकोसलेले दियो उद्घोषण तालिम

२७ चैत २०७९, सोमवार
Image

बुधवारे, २७ चैत । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाले बुधवारे सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका छोराछोरीलाई लेखन तथा उद्घोषण तालिम दिएको छ ।

होराइजन मल्टिमिडियाका तर्फबाट अग्रज पत्रकार चन्द्र भण्डारी, चर्चित उद्घोषक दिपेन्द्र पौडेल र पत्रकार पिनाकी कोइरालाले तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

रामजानकी मन्दिरको सभाहलमा तालिम समापन कार्यक्रम शनिवार आयोजना भएको सहकारीका व्यवस्थापक मानस सिटौलाले जानकारी दिनुभयो । 

संस्थाका अध्यक्ष शिवकुमार रेग्मीको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष पर्शुराम चम्जोङ रहनु भएको थियो । 

पन्ध्र दिने सो तालिम बुद्ध आदर्श माध्यमिक बिध्यालयको सभाहलमा भएको थियो भने ३९ जना बालबालिकाले सहभागिता जनाएका थिए ।

समापन कार्यक्रममा संस्थाका ब्यवस्थापक सिटौलाले संस्थाको आर्थिक गतिबिधिका साथै संस्थाले संचालन गरेको सामाजिक सुरक्षा कार्यक्रमको बिषयमा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन संस्थाको सचिब संगीता गजुरेलले गर्नु भएको थियो ।