२ कार्तिक २०८१, शुक्रवार

दुई करोड मागेका ढाकाकुमारको सांसद र साधारण सदस्यता खारेज

२९ चैत २०७९, बुधवार
Image

झापा, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ढाकाकुमार श्रेष्ठले गर्नु भएको रु. २ करोडको डिल वास्तविक भएको छानविनको ठहर गरेको छ ।

रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।

पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन ।

समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।

सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।