२२ वैशाख २०८१, शनिवार

उद्योग वाणिज्य महासंघ

झापाबाट उपाध्यक्ष र चार केन्द्रीय सदस्य बिजयी

३० चैत २०७९, बिहिवार
Image

झापा, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदमा झापाका व्यावसायिक क्षेत्रका हस्तीहरु निर्वाचित हुनुभएको छ ।

महासंघको नयाँ नेतृत्वका लागि बुधवार मतदान भएको थियो । जसको परिणाम धमाधम आइरहेको छ ।

महासंघको बस्तुगत संघतर्फको उपाध्यक्ष पदमा भद्रपुरका हेमराज ढकाल बिजयी हुनुभएको छ । उहाँ यसअघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

यसैगरी, जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा तेस्रो कार्यकालका लागि विर्तामोडका उमेश डालमिया बिजयी हुनुभएको छ । 

कोशी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा मेचीनगरका नरेन्द्र कुमार खड्का बिजयी हुनुभएको छ । उहाँको पनि यो तेस्रो कार्यकाल हो ।

बस्तुगत संघ तर्फबाट केन्द्रीय सदस्यमा विर्तामोडका राजकुमार कार्की (राजु) बिजयी हुनुभएको छ ।

यसैगरी, जिल्ला नगरतर्फबाट खुला केन्द्रीय सदस्य पदमा दमकका गोकुल श्रेष्ठ बिजयी हुनुभएको छ ।