झापा, २ वैशाख । जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि पश्चिमी भाग वाकायामामा आज स्मोक ग्रिनेडबाट आक्रमण भएको छ ।
एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका बेला उहाँमाथि ‘स्मोक ग्रिनेड’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।
घटनामा प्रधानमन्त्री किशिदा सुरक्षित छन् भने कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको जनाइएको छ ।
प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन ।
एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो । बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ ।
जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन् । तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गाली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ ।
Japanese Prime Minister, Fumio Kishida was Evacuated during a Speech at a Fishing Pier in the Wakayama Region after a Person in the Crowd threw what was initially believed to be an “Explosive Device” at the Prime Minister; the Object later turned out be a Smoke Canister/Grenade. pic.twitter.com/ps91HUCMMm— OSINTdefender (@sentdefender) April 15, 2023
(अनलाइनखबर)