२ कार्तिक २०८१, शुक्रवार

इजलास समाचारदाता इन्द्रकुमार सम्मानित

२ वैशाख २०८०, शनिवार
Image

बिर्तामोड, २ बैशाख । इजलास दैनिकका अर्जुनधारा समाचारदाता इन्द्रकुमार राई सम्मानित हुनु भएको छ ।

बिर्तामोडबाट प्रकाशित इजलास दैनिक सातौं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रवार टाइम्स मिडिया नेटवर्क प्रालिले उहाँलाई सम्मानित गरेको हो । 

नेटवर्कका अध्यक्ष अध्यक्ष नारायण प्रसाद पोखरेल र प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले पत्रकार राईलाई नगद रु. पाँच हजार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

शुभकामना मन्तब्य दिदैं प्रमुख अतिथि एवम् काउन्सिल सदस्य पोखरेलले झापामा कसैले उठाउन नसक्ने जनताको मुद्धालाई इजलासले मात्र उठाइरहेको बताउनुभयो । 

वडाध्यक्ष अग्निप्रसाद पाण्डे, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा दैनिकका तर्फबाट सम्पादक प्रदिप परियारले पत्रिकाको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।