२३ भदौ २०८१, आइतवार

पूर्व विद्यार्थीको अध्यक्षमा पूर्व वडाध्यक्ष पासाङ

२ वैशाख २०८०, शनिवार
Image

मेचीनगर, २ वैशाख । मेचीनगर–२ को मेची जनसाधारण माधयमिक विद्यालय (मेजसा मावि)का पूर्व विद्यार्थीहरुको भेलाले पासाङ तामाङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व विद्यार्थी भेला गरिएको थियो । 

मेचीनगर–१ का निवर्तमान वडाध्यक्ष, विद्यालयका २०४५ सालको एसएलसी ब्याचका विद्यार्थी पासाङ तामाङको अध्यक्षतामा गठन भएको समितिमा गोपाल काफ्ले, चन्द्रलाल ढकाल, पोषककुमार दर्जी, हिम्मत क्षेत्री, जानुका थापा, हरि अधिकारी, भाष्कर निरौला, दीपक खनाल, टेकचन्द्र फुयाल, राजु दाहाल, अम्बिका खत्री र यामप्रसाद गुरागाईं सदस्य रहनु भएको छ । 

भेलामा सयजना हाराहारीको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मेचीनगर नगरपालिका वडा नं. २ का निर्वाचित वडा सदस्य हरिनारायण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा २०३० सालको एसएलसी ब्याचका विद्यार्थी किशोरप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

शिक्षक कमलप्रसाद दाहालको सञ्चालन, सहायक प्रधानाध्यापक यामप्रसाद गुरागाईको स्वागत रहेको कार्यक्रममा शिक्षक चन्द्रलाल ढकाल, पूर्व विद्यार्थीहरु हरिचरण चौंलागाईं, गोपाल काफ्ले, हरि अधिकारीले सुझावमय मन्तब्य व्यक्त गर्नुभएको थियो ।