१४ वैशाख २०८१, शुक्रवार

कोरोना संक्रमित महिलाको मृत्यु

३ वैशाख २०८०, आइतवार
Image

झापा, ३ वैशाख । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको आज विहान मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । 

अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।

उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएको थियो ।

केही समय यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यस अनुरुप सतर्कताको भने कमी देखिएको छ ।