२ कार्तिक २०८१, शुक्रवार

शुभारम्भले गर्यो खानेपानी कर्मचारीलाई सम्मान

३ वैशाख २०८०, आइतवार
Image

धुलाबारी, ३ वैशाख । शुभारम्भ अभियान मेचीनगरले नयाँवर्षको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर धुलाबारी खानेपानी उपभोक्ता समितिका चार कर्मचारीलाई सम्मान गरेको छ ।

फिल्डमा परिचालित पुराना कर्मचारी सुरेन खाती लगायतका चार जनालाई धुलाबारी मोडमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । 

शुभारम्भ अभियानका संयोजक केपी शिवाकोटीले उपभोक्तालाई छिटो, सहज र स्तरीय सेवा पुर्याए वापत पुराना तथा उत्कृष्ट खानेपानी कर्मचारीलाई सामाजिक सम्मान गरिएको बताउनुभयो ।

उहाँकै अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर वडा नं. १ का अध्यक्ष नारायण खनाल, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री, ज्यामिरगढी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भीम खवास लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

एभरेस्ट बैंक लिमिटेडको धुलाबारी शाखाले सो अवसरमा ५० वटा निःशुल्क डस्टविन वितरण गरेको थियो ।

अभियानले धुलाबारी र ज्यामिगरढी क्षेत्रमा विगत वर्षहरुदेखि नै सरसफाई, वातावरण संरक्षण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सकारात्मक कार्यक्रम गर्दै आएको छ । हरेक वर्षको पहिलो दिन शुभकामना आदानप्रदान समेत गर्दै आएको छ ।